पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन खेलकुद महासंघको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ । 

महासंघले विज्ञाप्तिमार्फत सरकारको यो कदमको विरोध जनाउँदै आफू अन्दोलनरत युवा तथा विद्यार्थी संगठनको समर्थनमा रहेको जनाएको हो । 

संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनतालाई मारमा पर्नेगरी हप्तामा दुई/दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गुर्न घोर आपत्तिजनक जनघाती, खेदजनक छ । उक्त मूल्यवृद्धि फिर्ता लिन, अतिरिक्त चुहावट नियन्त्रण गरी सर्वसुलभ मूल्य कायम गर्न महासंघ सरकारलाई अनुरोधसमेत गर्दछ ।’

महासंघले आफ्नो अनुरोधलाई बेवास्ता गर्दै अघि बढ्न खोजेमा देशका लागि खेल्ने खेलाडी सडकमा उत्रिन बाध्य हुने भन्दै त्यसबाट सिर्जना हुने सम्पूर्ण अवस्थाको भागिदार तथा जिम्मेवार स्वयम् सरकार नै रहने चेतावनीसमेत दिएको छ । 

त्यस्तै, उसले आन्दोलनरत युवा, विद्यार्थी संगठन लगायतसँग एक्यबद्धता जनाउँदै आन्दोलनमा घाइतेको नि:शुल्क उपचार तथा गिरफ्तार भएकाहरूको तत्काल निःशर्त रिहाइको माग समेत गरेको छ । 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १२:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया