यु-१९ महिला विश्वकप छनाेट : नेपालले पहिलाे खेल कतारविरुद्ध खेल्ने

नेपालले सहभागिता जनाउने आइसिसी यू-१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार र छन् ।

मलेसियामा आयोजना हुने छनाेटकाे तालिकाअनुसार नेपालले ३ जुनमा कतारविरुद्धकाे खेलबाट छनाेटकाे सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध ४ जुनमा खेल्दा ६ जुनमा भुटानसँग तेस्रो खेल खेल्नेछ ।

त्यस्तै, नेपालले ७ जुनमा थाइल्याण्डसँग चाैथाे खेल र ९ जुनमा मलेसियाविरुद्ध पाँचौं तथा अन्तिम खेल्नेछ ।

छनाेटकाे शीर्ष स्थानमा रहने टाेली अर्काे वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ विश्वकपमा छनाेट हुनेछ ।



पहिलाेपटक पटक आयोजना हुन लागेकाे  यु-१९ महिला विश्वकपमा १६ टाेलीकाे सहभागिता रहनेछ ।

छनोटका लागि नेपालले कृतिका मरासनीकाे कप्तानीमा १८ सदस्यीय टाेली घाेषणा गरिसकेकाे छ ।



नेपाली टोली : कृतिका मरासनी (कप्तान),  किरण कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्री धामी,अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खाडिया, ज्योतनिस्का मरासनी, मिनिशा उपाध्याय, स्नेहा महरा, निशा शाह, मिनिशा राना मगर, प्रतिमा शाह र मनीषा चौधरी ।

  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार २०:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया