फरकधार समाचार प्रभाव : सडक निर्माणको काम तुरुन्त गर्न पालिकाका प्रमुखहरुको निर्देशन

बझाङका विभिन्न पालिकाका प्रमुखहरुले सडक निर्माणको काम तुरुन्त गर्न निर्देशन दिइरहेका छन् । जेठ ९ गते फरकधार डटकममा  ‘जालेबगर खण्ड पुनर्निर्माणमा ढिलाइ, सेतीले डाइभर्सन बगाउनै लाग्यो, अझै सकिएन स्थायी सडकको काम’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसैको प्रभावस्वरुप अहिले जिल्लाका पालिकाका नवनिर्वाचित जनप्रतिनिधि र प्रशासनसमेत तातेका हुन् । 

जयपृथ्वी राजमार्ग जिल्ला सदरमुकाम चैनपुर जोड्ने एक मात्र स्वचालित सडक हो । जिल्लाको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले शुक्रवार जयपृथ्वी राजमार्गस्थित पुनर्निर्माण भइरहेको जालेबगर सडक खण्डको निरीक्षण गरेका छन् । 

उनले राजमार्ग निर्माणमा ढिलाइ भएको खण्डमा अबका ४ महिनासम्म जिल्ला सदरमुकाम चैनपुर लगायत आधाभन्दा बढी जिल्लाको भूभाग सडकसम्पर्कबाट बाहिर रहने भएका कारण तुरुन्तै सडक निर्माणको काम थाल्न निर्देशन समेत दिए ।  

वर्षायाम सुरु हुन लाग्दा सेती नदीमा पानीको बहाव बढेको र वैकल्पिक सडक पनि बगाउने सम्भावना भएपछि पुनर्निर्माणको काम भए नभएकोबारे नगर प्रमुख बजालले निरीक्षण गरेका हुन् । 

निरीक्षणपछि बजालले निर्माण कम्पनी ड्रागन, जगदम्बा, सुर्मा सरोवर जेभीका सञ्चालक शेरबहादुर बोहराले केही दिनमा चट्टान विस्फोटनको कार्य थाल्ने र १५ दिन भित्रै काम सकिने प्रतिक्रिया दिए । गत कात्तिकमा सेती नदीमा आएको बेमौसमी बाढीले बगाएको सडक पुनर्निर्माण भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार २०:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया