नेपाललाई विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् ।

१५ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताएकी हुन् । उनले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनले गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको पनि बताएकी छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना स्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । 
संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ७:१३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया