logo-img

अमेजन बन्यो विश्वकै सबैभन्दा ठूलो कम्पनी

एजेन्सी– माइक्रोसफ्टलाई पछाडि छाड्दै अमेजन पहिलो पटक विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ । सोमबार अमेरिकी सेयर बजार बन्द हुने समयमा अमेजनको मार्केट क्याप ७९६.८ अर्ब डलर रहेको थियो । माइक्रोसफ्टको यो भ्यालुएसन ७८३.४ अर्ब डलर रहेको छ ।

त्यसो त यसअघि अमेजनको मार्केट क्याप १ ट्रिलियन डलर पुगिसकेको थियो । तर, सेयरमा गिरावट आएपछि यो निकै तल झर्यो । अमेजनको सेयर सोमबारमात्र ३.४ प्रतिशतले बढेको थियो ।

१५ मे १९९७ मा १८ डलरमा मात्र अमेजनको सेयर लिस्टिङ भएको थियो । अहिले यो १६२९.५१ डलर छ । आइपिओमा १ हजार डलरको लगानी मूल्य अब ८ लाख ९६ हजार डलरभन्दा बढी भएको छ ।



अमेजन ठूलो कम्पनी भएसँगै यसका संस्थापक तथा सिइओ विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन् । ब्लूमबर्ग बिलेनियर इन्डेक्सकामा १३५ अर्ब कूल सम्पत्तिसहित बेजोस एक नम्बरमा छन् । यसमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स दुई नम्बरमा छन् ।






  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २३:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया