श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधनको तयारी

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् ।

श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएका छन् ।

महिन्दा राजापाको राजीनामापछि राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले संकट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘हामीले प्रस्ताव गरेका नयाँ प्रणालीअनुसार राष्ट्रपति संसदप्रति उत्तरदायी हुनेछन् । मन्त्रीहरूको मन्त्रिपरिषद् पनि संसदप्रति उत्तरदायी हुन्छ’, विक्रमासिंघेले राष्ट्रका नाममा टेलिभिजन सम्बोधनमा भने ।  





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ७:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया