बजेट पूर्ण र उत्कृष्ट छैन, तर देश र जनताको आकांक्षालाई सम्बोधन गरिएको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावलाई प्रभावित पार्ने कुनै पनि कुरा नभएको दाबी गरेका छन् । 

सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलब वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धित छ भनेर भन्न नमिल्ने स्पष्ट पारे । 

चार वर्षअघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै उनले त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनी प्रश्न समेत गरे । 

अर्थमन्त्री शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार नै बजेट आएको बताए । आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने, स्रोत– साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताए । 

स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउँदै शर्माले अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाइजर समेत विदेशी भएको पाइएपछि आफूहरुले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालेको बताए । 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दाबी गर्दै उनले बजेटमा निर्माण व्यवसायीलगायत केही विषय छुटेकाले त्यसलाई समेटेर अघि बढने प्रतिबद्धता जनाए । शर्माले बजेट पूर्ण र उत्कृष्ट नभए पनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताए । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १८:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया