logo-img

डि ब्रुयनाले प्राप्त गरे यूइएफए ‘ए’ कोचिङ लाइसेन्स

बेल्जियम राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर केभिन डि ब्रुयनाले यूइएफए ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन् ।

बेल्जियम फुटबल संघले मंगलबार ब्रुयनालाई ‘ए’ कोचिङ लाइसेन्सको प्रमाणपत्र प्रदान गरेको हो । संघले २०१९ मा राष्ट्रिय टोलीका खेलाडीलाई यूइएफएको ‘ए’ र ‘बी’ कोचिङ लाइसेन्स कोर्स गराएको थियो ।

संघले कोर्स पूरा गर्ने १० खेलाडीमध्ये ब्रुयना एक रहेको बताएको छ । उनले लाइसेन्स कोर्सअन्तर्गत म्यानचेस्टर सिटीको युथ टोलीमा काम गरेका थिए ।
 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १०:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया