logo-img

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो ।

मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । प्रदेश–१ र सुदूरपश्चिम प्रदेशमा २५-२६ जेठ अभिमुखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७-२८ जेठमा मिति तय भएको छ । 

त्यस्तै, बागमती र लुम्बिनीमा ३०–३१ जेठमा अभिमुखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।







  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ९:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया