हाम्रो पात्रोबाट प्रतिमहिना १० करोडभन्दा बढीको रेमिट्यान्स भित्रिँदै

नेपालकै लोकप्रिय हाम्रो पात्रो एपबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। हाम्रो पात्रोले ६ महिनाअघि मात्र १ करोडको रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा १० करोडको रेमिट्यान्स  भित्रिएको हो।

यो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन्। ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु हो।' त्यसैगरी 'इन्स्ट्यांन्ट ट्रान्सफर' सुविधा चाँडै आउने शंकर उप्रेतीले बताए । जसअन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक एक हजार डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ/नयाँ रेकर्ड कायम गर्दै गएको छ। यसअघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ। हाम्रो पात्रोले गत वर्ष नै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १५:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया