जिसस सुर्खेत प्रमुखमा गंगाराम सुनार विजयी

सुर्खेतको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा गंगाराम सुनार विजयी भएका छन् । उनलाई नेकपा एमाले र माओवादी केन्द्र साथ थियो । यसअघि सुनार वीरेन्द्रनगर–१ को वडाध्यक्ष थिए । 

शुक्रबार भएको निर्वाचनमा जिसस सुर्खेतको उपप्रमुख पदमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् । यसका साथै सदस्यमा तुलाराम नेपाली, डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, शान्ति ताराम, मीना मल्ल, साबित्रा टोमटो विजयी भएका छन् ।  





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १४:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया