विराटनगरमा ओलीले भनेः पार्टी छाडेर गएकाहरुलाई फेरि स्वागत हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि पार्टी छाडेर गएकाहरुलाई फेरि पार्टीमा स्वागत गर्ने चलन नरहेको बताएका छन् । उनले पार्टी छाडेर जानेहरुले फेरि पार्टी प्रवेश गर्न सक्ने तर उनीहरुलाई स्वागत गर्ने कुनै चलन नरहेको बताएका हुन् ।

‘कार्यकर्ताहरुमा पार्टी प्रवेशमा रोक लगाएका होइनौँ,’ उनले भनेका छन्, ‘पार्टी छाडेर गएकाहरु पार्टी प्रवेश गर्न सक्नुहुन्छ तर स्वागत गर्ने चलन छैन ।’

उनले कुनै पनि कार्यकर्तालाई पार्टी प्रवेशमा रोक नलगाएको पनि बताएका छन् ।

ओलीले शुक्रबार विराटनगरको कार्यक्रममा भगवान थापालगायत डेढ सयभन्दा धेरैलाई एमाले प्रवेश गराएका छन् ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १६:३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया