गठबन्धन सरकार कमिसनतन्त्रमा फस्योः पूर्वमुख्यमन्त्री राई

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश १ को पाँचदलीय गठबन्धन सरकार कमिसनतन्त्रमा फसेको आरोप लगाएका छन् । शुक्रबार आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले यस्तो आरोप लगाएका हुन् । 

उनले वर्तमान सरकार भूमाफियासँग मिलेको र कर्मचारीबाट असुली धन्दामा लागेर संघीयताको अभ्यासलाई कमजोर बनाउन खोजेको दाबी गरे । मुख्यमन्त्री पदबाट बाहिरिएपछि पहिलोपटक प्रदेशसभामा सम्बोधन गरेका राईले वर्तमान गठबन्धन सरकार मिलेर खानका लागि मात्र बनेको बताए । उनले नीति तथा कार्यक्रममा सरकार आफैँ रणभुल्लमा परेको आरोप लगाए । 

उनले सरकारले आर्थिक वर्ष ०७९–८० का लागि ल्याएको नीति कार्यक्रमले प्रथामिकता भुलेको बताए । एमाले नेतासमेत रहेका मुख्यमन्त्री राईले पूर्ववर्ती सरकारले गरेको कामलाई वर्तमान सरकारले आफूले गरेको भन्दै जस लिन खाजेकोसमेत आरोप लगाए ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २०:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया