logo-img

मैदानमै बेहोस भएका अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य

अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यवस्था सामान्य देखिएको छ । 

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अलमुताइरी सोही स्थानमा लड्न पुगेका थिए । 

अलमुताइरी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए । सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अलमुताइरी लड्न पुगेका थिए । 



सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो । गोललगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो । यसपछि प्राथमिक उपचारपछि अलमुताइरीलाई अस्पताल लगिएको हो ।    

हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले जानकारी दिए । एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि उनलाई होटल फर्काइने बताइएको छ । 

मुटुमा समस्या रहेका अलमुताइरी केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए । दोस्रो खेलमा नेपाल ४–१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 



अन्तिम खेल नेपालले ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । सो खेलमा भने प्रशिक्षक अलमुताइरी टेक्निकल एरियामा बस्न पाउँदैनन् । दुई खेलमा लगातार पहेँलो कार्ड प्राप्त गरेका कारण उनी निलम्बनमा हुनेछन् ।  



  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ६:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया