सरकारलाई सभामुखको रुलिङ : किसानलाई यथाशीघ्र मल उपलब्ध गराऊ

सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् । प्रतिनिधिसभाको जारी ११ औँ अधिवेशनका बैठकमा सांसदहरुले धान रोप्ने समय भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् । 

आइतबारको बैठकमा सभामुख सापकोटाले किसानलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् । 

बैठकमा सभामुख सापकोटाले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’  
 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १२:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया