ब्राजिल र अर्जेन्टिना विश्वकपका मुख्य दाबेदार हुनः लुइस एनरिके

स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकेले ब्राजिल र अर्जेन्टिनालाई विश्वकप २०२२ को मुख्य दाबेदार बताएका छन् । उनले ब्राजिल र अर्जेन्टिना दुवै टोली अन्यभन्दा धेरै अगाडि रहेको बताए ।  बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा आगामी विश्वकपको बारेमा यस्तो बताएका हुन् ।

‘म ब्राजिल र अर्जेन्टिनालाई अन्य टोलीभन्दा माथि देख्छु’, उनले भने, ‘उनीहरु  अरु टोलीभन्दा उत्कृष्ट छन् ।’ दुवै दक्षिण अमेरिकी टोली विश्वकप छनोटमा अपराजित थिए । यद्यपि, ब्राजिलले अर्जेन्टिनाभन्दा ६ अंक धेरै बटुलेको थियो । फिफा विश्वकप यसपटक २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म कतारमा आयोजना हुँदैछ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १२:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया