लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध किटानी जाहेरी

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मीनाले अपराह्न इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मीनाले बेडरुममै आएर कुटपिट गरेको बताएकी छन् ।

विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको मीनाले बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान् घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान् होइन, मेरो श्रीमान् हो, तुरुन्तै निकाल्’ भन्दै आफूमाथि  आक्रमण गरेको उनको भनाइ छ ।

त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मीनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मीनाले आफ्नी ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला विमलाले हातपात गरेको उल्लेख गरेकी छन् ।

उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् । ‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौं,’ एसपी काफ्लेले भने, ‘इप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।’





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १९:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया