अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारलाई कारबाही गर्न सकिएन : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिएकी छिन् । 

मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौँ ठाउँको काममा अवरोध भइरहेको पनि स्पष्ट पारिन् । बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेकी हुन् । 

अदालतले कुरै नबुझी आदेश दिएका कारण कालोसूचीमा रहेका ठेकेदारहरुले उन्मुक्ति पाउने गरेको उनको गुनासो  छ । मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढ्न नसकेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराइन् । 

जग्गाको मुआब्जाको विषय भौतिक पूर्वाधारको विकासका लागि धेरै ठूलो समस्या भएको मन्त्री यादवको भनाइ थियो । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया