प्रशिक्षणमा जनप्रतिनिधि निदाउन थालेपछि अ‍ोलीले भने– लाइभ भइरहेको छ, निदाएको फोटो आउला हैं ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकप्रिय भोटमा अहिले पनि एमाले सबैभन्दा अगाडि रहेको दाबी गरेका छन् । काठमाडौंमा बिहीबार आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि एमालेको स्थिति कमजोर नरहेको दाबी गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले प्रशिक्षणमा सहभागी जनप्रतिनिधिलाई आफ्नो धारणा सुन्नमा ध्यान केन्द्रित गर्न पनि आग्रह गरे । सहभागी जनप्रतिनिधिले आफ्नो सम्बोधनतर्फ ध्यान केन्द्रित नगरेपछि उनले यस्तो आग्रह गरेका हुन् । ओलीले जनप्रतिनिधिको ध्यान आफूतिर केन्द्रित गर्न भन्दै सातपटक माइक ठोके । 

त्यसपछि मुस्कानसहित ओलीले भने, ‘मैले भनेको कुरालाई साथीहरूले ठिक्कै मात्र बुझ्दा हुन्छ, हामी जेलमा बस्दा खेरी एकजना शिक्षकहरूको हुल आएको थियो । त्यहाँ मलाई प्रशिक्षण गर्न भने प्रशिक्षण गर्दै गएपछि एकजना साथी निदाए । अनि सर निदाउनु भयो कि क्या हो भनेको उहाँले होइन कमरेडले एकदम महत्वपूर्ण कुरा भनिराख्नु भएकाले सार खैंचिएर सुनिरहेको छु भन्नुभयो । आँखा हेरेर बुझौँ, टाउको ननिहुराएर बुझौँ । सम्भवत लाइभ प्रसारण भइरहेको छ, तपाईँहरू निदाएको फोटो पहिले आउन सक्छ । क्यामेराहरू निदाएको फोटो चाहिँ स्वाट्ट देखि हाल्छन् हैं? त्यो चाहिँ कुरा बुझौँ ।’

ओलीले एमालेले चुनाव मात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको पनि बताए । ‘हामीले चुनाव मात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नुपर्‍यो,’ उनले भने, ‘उनीहरूसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’   

सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।  





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १३:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया