किन विवादमा तानियो ‘ब्रह्मास्त्र’ ?

बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको छ । 

ट्रेलरमा प्रयोग गरिएको भिएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिष्कारको माग गरिरहेका छन् ।

ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ । यो दृश्य देखेका दर्शकहरुले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन् ।

‘जुत्ता लगाएर मन्दिरमा प्रवेश गर्नु । यही आशा गर्न सकिन्छ । बलिउड कहिल्यै पनि सनातन धर्मलाई आहत गर्ने मौका छोड्दैन्,’ एक प्रयोगकर्ताले लेखेका छन् ।

अर्का प्रयोगकर्ताले ‘जुत्ता लगाएर मन्दिरमा घण्टी बजाउनु, यो दक्षिण भारतीय फिल्म र हिन्दी फिल्ममा अन्तर छ । दक्षिण भारतीय हिन्दु संस्कृतिलाई सम्मान गर्छन् ?’ भन्दै विरोध गरेका छन् ।

अयान मुखर्जी निर्देशित फिल्मको सुटिङ करिब पाँच वर्षसम्म गरियो । फिल्मकै लागि अयान त्यो समयभन्दा अघि तीन वर्षसम्म व्यस्त थिए ।



करण जोहारको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदै छ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय छ ।
 



  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १७:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया