सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुनको भाउ ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ११:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया