बानेश्वरमा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप

मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध बानेश्वरमा मसाल जुलुस निकालेको थियो । 

सडक अवरुद्ध गरेर आन्दोलन गरेको भन्दै बिहीबार बेलुकी दुई पक्षबीच झडप भएको हो । झडपपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’जस्ता नारा लगाएका थिए ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १९:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया