कम्युनिस्ट पार्टीहरूबीच एकता नभए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने छ : वामदेव गौतम

वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरिएको छ । नेकपा (एमाले) छोडेका गौतमले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै 'नेकपा एकता राष्ट्रिय अभियान पार्टी'को घोषणा गरेका हुन् ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले कम्युनिस्ट पार्टीहरूबीच एकता नभए नेपाली कांग्रेस सबै भन्दा ठूलो पार्टी बन्ने बताए । ‘एकता कम्युनिस्टमा भएन भने कांग्रेसले सके त बहुमत नभए सबैभन्दा ठूलो पार्टी बन्ने छ । कांग्रेसकै ५ वर्ष सरकार बन्ने छ । कांग्रेसको सहकार्यमै परिवर्तन भएको छ । तर कांग्रेसको सरकारका बेला ठूला-ठूला अप्ठेरा भएका छन्,’  उनले भने ।

उनले आगामी तीन महिनासम्म एकताको प्रयत्न गर्ने गर्ने बताए । उनले आफूले निर्माण गर्न लागेको पार्टीले सबैलाई चकित पार्ने पनि बताए । भने, ‘हेर्दै जानुस् मैले जुन पार्टीको शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने छु चकित हुने छन्। म जहाँ जाने छु त्यहाँ चकित हुने छन् ।’





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १५:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया