तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जान्छः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले ठूला,साना, मझौला उद्योगीदेखि सर्वसाधारणहरुलाई समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताए । उनले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताए । 

अध्यक्ष गोल्छाले ५० लाख शेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधारण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताए । उनले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिल रुपमा भोग्नु परेको पनि बताए । उनले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए ।

उनले भने, 'उद्योगी व्यवसायीहरु असार मसान्तमा आफ्नो ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन् । यो तरलता समस्याको समाधान भएन भने नेपाल एउटा ठूलो मन्दीमा जाने छ ।’

अध्यक्ष गोल्छाले बजार मूल्य ८ प्रतिशत कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको जिकिर गरे । उनले ५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी शेयर बजारमा डुबेको बताए । 

अध्यक्ष गोल्छाले शेयर लगानीकर्ताको अवस्था असहज भएकाले मौद्रिक नीतिले राहत देला भन्ने आशमा रहेको बताए । उनले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजारले समेत गति लिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण रहेको बताए ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १६:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया