बैतडीमा चट्याङ लागेर एक महिला घाइते, तीन बाख्रा र भैँसी मरे

बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–२ बडियाकी ४० वर्षीया सुनादेवी विष्ट रहेकी छन् । आइतबार अपराह्न ४ बजेतिर तिर चट्याङ लागेर विष्ट घाइते भएकी प्रहरीले जनाएको छ । 

चट्याङ लागेर उनले पालेका तीन बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवंम प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । चट्याङका कारण घरको वाइरिङमा पनि क्षति भएको स्थानीय काशी सिंह विष्टले बताए । 

चट्याङ लागेर शनिबार दोगडाकेदार–७ मा एक भैँसीसमेत मरेको छ ।
 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ७:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया