धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नो जेठ महिनाको सेवासुविधाको रकम गौशालालाई हस्तान्तरण गरेका छन् । 

मेयर हमालको यो पहिलो पारिश्रमिक हो । उनले जेठको २३ दिनको ५५ हजार ६८७ रुपैयाँ धनगढी उपमहानगरपालिका–३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका हुन् । 

हमालले आफूले पाउने रकम विभिन्न सामाजिक संस्थालाई प्रदान गर्ने बताउँदै आएका छन् । निर्वाचनताका पनि मेयर हमालले सरकारको एक रुपैयाँ पनि नलिने घोषणा गरेका थिए । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १३:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया