logo-img

कप्तान रेनुका कम्तीमा १० साता मैदान बाहिर रहने

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तीमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार कप्तान रेनुका कम्तीमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो ।

१९औँ एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमकी कप्तान रेनुकाको सोमबार प्रशिक्षणका क्रममा घाँटीमा चोट लागेको थियो । सोमबारै सातदाबोटोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएकी रेनुकाको सोही दिन राति शल्यक्रिया भएको थियो ।

यसअघि मंगलबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडासँगै महासचिव किरण राईले रेनुकालाई अस्पतालमै भेटेका थिए ।







  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया