बाजुराको बुढीगंगामा बिहीबार मतदान हुँदै, ठूलो संख्यामा सुरक्षाकर्मी खटाइयो

गत वैशाख ३० गते हुन नसकेको बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार निर्वाचन हुँदै छ ।  ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार मतदानका लागि एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् । 

१० ओटा मतदान स्थल रहको उक्त पालिकामा हरेक मतदान स्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको बताइएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो।  





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १०:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया