प्रतिनिधिसभामा गणपूरक संख्या पुगेन, बैठक स्थगित
फाइल तस्वीर

प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीको प्रश्ताव निर्णयार्थ प्रश्तुत हुन सकेन । 

प्रतिनिधिसभाको बुधवारको बैठकमा गणपूरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रश्ताव गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो । 

प्रस्ताव निर्णयार्थ प्रश्तुत हुन संसदको गणपुरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यहरुको संख्या ६५ जना मात्र रहेकाले प्रश्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

उनले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा ३ मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रश्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरुको संख्या ६५ रहेकोले उक्त गणपूरक संख्या अपुग भएको देखिएकोले यो बैठक १५ मिनेटको लागि स्थगित हुन्छ ।’

सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गन्न माग गर्नुभएको थियो । प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १८:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया