तुइनबाट खसेर बेपत्ता भएका किशोरको खोजी तीव्र बनाउन गृहमन्त्री खाणको निर्देशन

दार्चुलाको व्यास गाउँपालिका २ मा तुइनबाट खसेर बेपत्ता भएका १७ वर्षीय सचिन बुढाथोकीको खोजी तीव्र बनाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी तीव्र बनाउन निर्देशन दिएका हुन्। 

सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न सकेको छैन । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाउने प्रहरीले जनाएको छ । 

दिउँसो साढे तीन बजे किनमेल गरेर भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुँडिएर ती किशोर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २१:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया