बजेट निर्माणमा आफ्नो भूमिका प्रमाणित भए राजनीतिक यात्रामा पूर्वविराम लगाउने राज्यमन्त्री श्रेष्ठको प्रण
फाइल तस्वीर

नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'आगामी आर्थिक वर्षको बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता छैन । म आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा पूर्ण जवाफदेही रहँदै आएको छु । मैले आफ्नो पदको दुरुपयोग गरेको छैन र सार्वजनिक निगरानीमा सधैँ कडा रहेको छु ।'

पछिल्लो समय आफ्नो चरित्र हत्या गर्ने नियतले विभिन्न सञ्चारमाध्यममा समाचार आएको भन्दै उनले त्यसप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले कुनै आधार र प्रमाणविना एकै व्यहोराका कपोकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामक समाचार नियोजित ढंगबाट निरन्तर प्रकाशन/प्रसारण भइरहेको भन्दै खेद प्रकट गरेका छन् ।

उनले आफू कुनै लाभ हासिल गर्ने अभीष्ट बोकेर राजनीतिमा प्रवेश नगरेको पनि उल्लेख गरेका छन् । 'चार दशकभन्दा लामो मेरो व्यावसायिक जीवनको ज्ञान र अनुभवबाट सरकारमा रहेर मुलुकको विकास एवं समृद्धिका लागि योगदान गर्ने अभिप्रायले म राजनीतिमा लागेको हुँ । संसदमा रहेर मैले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधारका पक्षमा भूमिका निर्वाह गरेकी छु,' उनले भनेका छन् ।

उनले आफ्नो पदको दुरुपयोग गर्दै गलत काम गरेको प्रमाणित भए राजनीतिक यात्रामा पूर्वविराम लगाउने प्रणसमेत गरेका छन् ।





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १९:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया