logo-img

रेल खरिदका लागि भारतसँग सैद्धान्तिक सहमति गर्ने सरकारकाे निर्णय

काठमाडौं– सरकारले भारतसँग रेल खरिद गर्नका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको छ । पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी, सरकारले पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने भएकाे छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले पानी जहाज सञ्चालनका लागि ‘नेपाल पानीजहाज कार्यालय’को स्थापना गर्ने निर्णय भएको जानकारी गराए । त्यसका लागि सुरुमा १६ जना कर्मचारी राख्ने निर्णय सरकारले गरेको छ ।

पत्रकार सम्मेलनमा जिस्किँदै मन्त्री बाँस्कोटाले भने, ‘अब कागजको होइन, साँच्चैको पानीजहाज आउँछ ।’  
 







  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार १६:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया