आइसिसी वरियतमा नेपालको स्थान यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ एकदिवसीय र टी–२० वरियतामा पनि नेपाल यथावत रहेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एकदिवसीयमा १९ औं तथा टी–२० मा १३ औं स्थानमा यथावत रहेको हो । 

नेपालले एकदिवसीयमा २९८ प्वाइन्ट प्राप्त गरेको छ । न्यूजिल्याण्ड १,७७६ प्वाइन्टका साथ एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ । इंग्ल्याण्ड, भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, वेस्ट इण्डिज र अफगानिस्तान एकदिवसीय वरीयताको क्रमशः दोस्रो देखि १० औं स्थानमा छन् । 

टी–२० मा नेपालले ४,६२४ प्वाइन्ट प्राप्त गरेको छ । भारत १०, ५१४ प्वाइन्टका साथ टी–२० वरीयताको शीर्ष स्थानमा छ । 
 
इंग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, वेस्ट इण्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान टी–२० वरियतामा क्रमशः दोस्रो देखि १० औं स्थान छन् । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ११:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया