बागमती प्रदेश सरकारले गर्‍यो विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान

बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पदक वितरण गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक कार्यक्रमका बीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गरेका हुन् । 

गणतन्त्र दिवसको अवसरमा निर्णय भए अनुसार सरकारले विभिन्न २२ विधामा पदक वितरण गरेको हो । प्रदेश सरकारले सुरक्षातर्फ शान्तिमाला पदकमार्फत नेपाल प्रहरीका ३ जनालाई, प्रदेश रक्षक पदकमार्फत सशस्त्र प्रहरी बलका १ जनालाई, शान्तिदीप पदक मार्फत नेपाली सेनाका १ जनालाई, शिक्षातर्फ प्रदेश दीप पदकमार्फत ४ जनालाई, स्वास्थ्यतर्फ मृत्युञ्जय पदक मार्फत २ जनालाई, खेलकुदतर्फ प्रदेश शान पदकमार्फत २ जनालाई सम्मान गरिएको छ । 

त्यस्तै सरकारले कृषितर्फ कृषि किरण पदकमार्फत दुईवटा कृषि फर्म, सहकारी तर्फ सहकारी प्रवद्र्धन पदकमार्फत दुईवटा सहकारीलाई सम्मान गरेको हो ।

प्रदेश सरकारले उद्योगतर्फ उद्यमशीलता पदकमार्फत ३ जनालाई, पर्यटनतर्फ प्रदेश द्रष्टा पदकमार्फत १ जनालाई, वातावरणतर्फ वातावरण संरक्षण पदकमार्फत १ जनालाई, पूर्वाधार विकासतर्फ विकास सेवी पदकमार्फत १ जनालाई, सूचना तथा सञ्चारतर्फ प्रदेशदूत पदकमार्फत ३ जनालाई, विज्ञानतर्फ अन्वेषण पदकमार्फत १ जनालाई, प्रविधितर्फ नवप्रवर्तन पदकमार्फत २ जनालाई सम्‍मान गरेको हो । 

त्यस्तै, भाषातर्फ सुभाषिक पदकमार्फत १ जनालाई, कलातर्फ कलाकीर्ति पदकमार्फत ३ जनालाई, संस्कृतितर्फ संस्कृतिदीप पदकमार्फत १ जनालाई, साहित्यतर्फ प्रदेश द्रष्टा पदकमार्फत १ जनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ जनसेवा पदमार्फत १ जनालाई, विपद् व्यवस्थापनतर्फ विपदसेवी पदकमार्फत दुई नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ प्रदेश परोपकार पदकमार्फत ६ जनालाई सम्मान गरेको हो । 

कार्यक्रममा बागमती प्रदेश प्रमुख शर्मा, प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले पदकबाट सम्मान गरेका हुन् ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया