इंग्ल्याण्डसँग भारत १०० रनले पराजित, रोमाञ्चक बन्यो सिरिज

एकदिवसीय सिरिजको दोस्रो खेलमा इंग्ल्याण्डसँग पाहुना टोली भारत १०० रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारतले ३८.५ ओभर १४६ रनमै अलआउट भयो । 

उसका लागि रवीन्द्र जडेजा, हार्दिक पाण्ड्याले २९/२९, सूर्यकुमार यादवले २७ र विराट कोहलीले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।  

भारतलाई १४६ रनमै समेट्नमा इंग्ल्याण्डका तीव्र गतिका बलर रीसी टोप्लेले शानदार बलिङ गरे । ९.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित २४ रन मात्र दिएर ६ विकेट लिए । त्यस्तै, डेविड विली, मोइन अली, लियाम लिभिङस्टोन र ब्रेण्डन क्रेजले एक/एक विकेट हात पारे ।  

त्यसअघि लण्डनस्थित लर्ड्स मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाएर २४६ रन बनायो । उसका लागि मोइन अलीले ४७, डेविड विलीले ४१, जोनि बेयरिस्टोले ३८, लियाम लिभिङस्टोनले ३१, जेसन रोयले २३, बन स्टोक्सले २१ र जो रूटले ११ रन बनाए । 

भारतका लागि युजवेन्द्र चहलले तीन, हार्दिक पाण्ड्याले दुई, जसप्रित बुमराह, प्रसिद्ध कृष्णा र मोहम्मद शामीले एक/एक विकेट हात पारे । यो जितसँगै तीन खेलको सिरिज इंग्ल्याण्डले १–१ को बराबरीमा ल्याएको छ ।

पहिलो खेलमा ऊ १० विकेटले पराजित भएको थियो । भारत र इंग्ल्याण्डबीचको अन्तिम तथा अन्तिम एकदिवसीय आइतबार हुनेछ ।  





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ६:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया