काठमाडौं महानगरले अब कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले साउन एक गते आइतबारदेखि  कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको हो ।

स्थानीयले फोहोरलाई छुट्याएर नल्याएमा उक्त फोहोर पुनः घरमा नै फर्काउने समेत महानगरपालिकाले जनाएको छ ।  त्यस्तै  कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै नराख्नेलाई कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने महानगरपालिकाले सूचना मार्फत जनाएको छ ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार ९:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया