जर्मनीका महान फुटबलर उवे सिलरको निधन

जर्मनीका लेजेण्ड फुटबलर उवे सिलरको निधन भएको छ । जर्मनीका पूर्वस्ट्राइकर तथा कप्तान सिलरको ८५ वर्षको उमेरमा निधन भएको हो ।

तत्कालिन वेस्ट जर्मनीबाट चार विश्वकप खेलेका सिलर विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिन्छन् । उनी ४ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत हुन् । 

सिलरले जर्मनीका लागि ७२ खेलमा ४३ गोल गरेका थिए । क्लब फुटबल हामबर्गबाट मात्र खेलेका उनले ५८० खेलमा ४९० गोल गरेका थिए । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ७:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया