रियलविरुद्धको जितमा राफिन्हाको निर्णायक गोल

स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन क्लब मैत्रिपूर्ण खेलमा जित हात पारेको छ । उसले आज सम्पन्न खेलमा ला लिगा प्रतिस्पर्धि रियल मड्रिडमाथि १–० को कठिन जित हात पारेको हो ।

अमेरिकाको एलिजीयन्ट स्टेडियममा खेलको २७ औं मिनेटमा राफिन्हाले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो । 

प्रि–सिजन भ्रमणमा बार्सिलोनाको यो तेस्रो जित हो । यसअघि उसले ‘ए’ लिग अल स्टार्सलाई ३–२ र इन्टर मियामीलाई ६–० पराजित गर्दा युनियन स्पोर्टिभा ओलोटसँग १–१ को बाराबरी खेलेको थियो । 
 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ११:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया