दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित, यस्ता छन् चारबुँदे माग

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चारबुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ । 

यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेका हुन् । 

श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट  गत २ पुसमा बुझाएका माग पूरा हुनुपर्ने, कर्मचारीलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आबद्ध गरिनुपर्ने र आधारभूत मापदण्डसमेत पूरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी/समितिउपर कारबाही हुनुपर्ने युनियनको माग छ । 

कर्मचारीहरु आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि आन्दोलन उत्रिन लागेका हुन् । सोमबारदेखि शुक्रबारदेखि प्राधिकरण अध्यक्षको कार्यकक्षबाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यको डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्य काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १७:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया