यी हुन् सबैभन्दा धेरैलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर
फाइल तस्वीर

गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन् । 

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रालिले पठाएको छ । पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ । 

पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस प्रालि रहेको छ । एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । 

वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड इन्टरनेसनल प्रालि र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि रहेका छन् । विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन् । 

यस्तै, डिवान कन्सल्ट्यान्ट्स प्रालिले २ हजार २७१, फजल इन्टरनेसनल प्रालिले २ हजार ७६३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालिले २ हजार ७४२, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रालिले २ हजार ५९० र लक्की एच.आर.सोलुसन प्रालिले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ । 



विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिज प्रालिले २ हजार ३०१, एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रालिले २ हजार २३१, मोन्टाज ओभरसिज प्रालिले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेज प्रालिले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । 

अल शाहिद ओभरसिज प्रालिले १ हजार ९८२, सान नेपाल प्रालिले १ हजार ९४१, निल कमल ह्युमन रिर्सोस प्रालिले १ हजार ७९२, सर्पोट ह्युमन रिर्सोसेज प्रालिले १ हजार ७२९, अल कौसार ह्युमन रिसोर्स प्रालिले १ हजार ६०५ र ए.एस. इन्टरनेसनल ग्रुप प्रालिले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ । 



विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका थिए । 

  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १९:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया