भक्तपुर सल्लाघारीका रुख काट्न थालियो

भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ ।  पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो । 

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनी बसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनी बसमा सवार  चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा- ४ का राजकुमार भुजेलको निधन भएको थियो ।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वय पश्चात् त्यस्ता घटना दोहोरिन नदिन रुख काटिएको थालिएको हो । प्रकृति प्रतिकूल नहुने गरी रुखहरू हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

यो ठाउँ भक्तपुरकै एउटा प्रख्यात ठाउँ पनि हो । यो ठाउँ लाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँ च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँ पिकनिक स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँ भएको चारै तिरका भिरालोमा सल्लाका रुखहरू रहेकाले यो ठाउँ आकर्षक छ । यही कारण यहाँ चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेको छ ।  





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १५:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया