फ्रान्सलाई हराउँदै जर्मनी नवौंपटक युरोकपको फाइनलमा

जर्मनी इंग्ल्याण्डमा जारी महिला युरोकपको फाइनलमा प्रवेश गरेको छ । गएरातिको दोस्रो तथा अन्तिम सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी फाइनल प्रवेश गरेको हो ।

स्टेडियम एमकेमा जर्मनीलाई जित दिलाउन दुवै गोल अलेक्जान्ड्रा पोपले गर्दा फ्रान्सले एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त गर्‍यो ।
खेलको ४० औं मिनेटमा पोपको गोलमार्फत जर्मनीले सुरुवाती अग्रता  लिएको थियो ।

जर्मनीको त्यो अग्रता लाामो समयसम्म टिक्न भने सकेन ४४ औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि फ्रान्स १–१ को बराबरीमा आयो । ७६ औं मिनेटमा पोपले ब्यक्तिगत दोस्रो  गोल गरेपछि २–१ को रोमाञ्चक जित निकाल्दै  जर्मनी उपाधि नजिक पुगेको हो ।

यो जितसँगै आठपटकको विजेता जर्मनी नवौंपटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ । 

इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ६:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया