दर्शकसँग पानीफोटो हेरेपछि खगेन्द्र र मालिकाले के भने ?

नेपाली चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा आएको छ । शुक्रबारबाट फिल्म देशभरका विभिन्न हलमा प्रदर्शन भएको हो ।

पानीफोटोमार्फत नायक खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुमाझ फिल्म हेर्दै नायक एवं निर्देशक लामिछानेले फिल्म राम्रो भएको बताए ।

उनले फिल्म हेर्न जानेले बेकार गएछु भन्ने भान हुन नदिने बताए । उनले चलचित्रको कथावस्तुले आम दर्शकलाई तान्ने बताए । फिल्मको चापका कारण शोज कम भए पनि कथावस्तु राम्रो भएका कारण आगामी दिनमा शोहरु बढ्ने बताए । आज बिहानैदेखि हलमा दर्शकको चाप बढेकोले फिल्म राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै नायिका मालिका महतले फिल्मको छायांकन गरेको लामो समय भएकोले के गरेको थिएँ भन्ने नै बिर्सिन लागेको अवस्थामा फिल्म प्रदर्शनमा आएको र फिल्म राम्रो रहेको बताइन् ।

उनले फिल्ममा सबै समय भावुक बनाउने बताइन् । आफू फिल्म हेरेर भावुक बनेको भन्दै उहाँले फिल्मको कथावस्तुले दर्शकको मन जित्ने बताइन् ।



काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा सुटिङ भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् । फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।



  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार २०:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया