हृदयेन्द्रलाई एक दिन राजाको रुपमा देख्ने रवीन्द्र मिश्रको चाहना
फाइल तस्बिर

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन् ।

फेसबुक मार्फत हृदयेन्द्रको २१ औँ जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले  लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !’

देशमा राजसंस्था राख्नुपर्ने उनले उल्लेख गरेका छन् । आफ्नो २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष भन्दै मिश्रले  लेखेका छन् – ‘बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ । त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ ।’ 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १३:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया