मधेस सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

मधेस प्रदेश सरकारले प्रदेशका विभिन्न तीन स्थानमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । चालू आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने सरकारले जनाएको थियो ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा १÷१ वटा गरी तीनवटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । 

त्यस्तै, वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णयसमेत गरिएको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 

हाल जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णयसमेत गरेको उनले बताए ।





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १९:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया