पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो संकेत गरेका हुन् । 

सञ्चारकर्मीले समय मागिरहे पनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउँदै अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे । सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै उनले यसपटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए । 

चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने उनले बताए । 

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँचदलीय गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने उद्घोष गरे । शुक्रबार पाँचदलीय गठबन्धनका तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने कुराको घोषणा हुने उनले बताए । 

अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै नेपालले शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एकै ठाउँमा हुनुपर्ने आवश्यकता औँल्याए । 

नेपाली कांग्रेसमा हामी नै सबैथोक हौँ परेको आशंका व्यक्त गर्दै अध्यक्ष नेपालले अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए । नेकपा एमालेप्रति इंगित गर्दै उनले आफू सर्वेसर्वा हुँ भनिरहेको र यही प्रवृत्तिले देश बिगारिरहेको उल्लेख गरे । 
 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १८:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया