बाराको निजगढ स्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।
सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेश दिएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको सो टोलीमा पूर्व अर्थसचिव रामेश्वर खनाल र पूर्वाधार विद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन् ।
सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटन मन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ विमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफ्नो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।