इंग्लिस क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेलले मार्को अलन्सो बार्सिलोना जाने तयारीमा रहेको बताएका छन् । उनले सरुवा बजार बन्द हुनुअघि केही खेलाडी स्टामफोर्ड ब्रिज भित्रनेमा आशावादी रहेको पनि बताएका छन् ।
‘टोलीमा केही खेलाडी थप गर्न पाएमा त्यो निकै फाइदाजनक हुनेछ’,टुचेलले भनेका छन्, ‘हामी मिडफिल्ड भन्दा पनि अन्य स्थानमा नयाँ खेलाडी ल्याउन चाहन्छौँ ।’
जर्जिन्होको निर्णायक गोलमा एभर्टनविरुद्ध १–० को जितसहित चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२/२३ सुखद सुरुवात गरेकोछ । यो जितसँगै गुडिसन पार्कमा टुचेलको टोलीले लगातार चार हारको शृंखलामा पनि पूर्णविराम लगाएको छ ।
चेल्सीले नयाँ सिजनका लागि कालिडो कुलिबेली, रहिम स्टर्लिङ र मार्क कुकुरेलालाई अनुबन्ध गरिसकेको छ । टुचेल सरुवा बजार बन्द नहुँदै लेस्टर सिटीका वेस्ली फोफाना र बार्सिलोनाका फ्रयांकी डि जोङलाई अनुबन्ध गर्न इच्छुक देखिएका छन् ।
चेल्सीले शनिबार एभर्टनको भ्रमण गर्दा अलन्सो टोलीमा थिएनन् । उनी बार्सिलोना जान चाहेकाले टोलीमा नराखिएको टुचेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।