सलमान रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पद : बेलायत

उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ ।

‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयं दोषी रहेको ठहर गरेको थियो । 

प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी आफूमाथि भएको यो घृणित आक्रमणको लागि कुनै पनि हिसाबले जिम्मेवार थिए भन्नु हास्यास्पद हो ।’

उनले अगाडि थपे, ‘यो उहाँमाथिको आक्रमण मात्रै थिएन । यो अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमण थियो  । बेलायत सरकार उहाँ र उहाँको परिवारको पक्षमा उभिएको छ । तर, हामी विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उभिन्छौँ ।’ 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार ६:४५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया