प्रतिनिधिसभा निर्वाचन : मकवानपुर २ को उम्मेदवारमा रामनारायण बिडारीको चर्चा
फाइल तस्वीर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणासँगै मकवानपुरमा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरू गरेका छन् । 

सरकारले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । मकवानपुरमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि नेताहरूको कहाँबाट उम्मेदवार बन्लान् ? भन्ने परिचर्चा सुरू भइसकेको छ । 

यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारी आगामी चुनावमा मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा उत्रने भएका छन् ।

पाँच दलीय गठबन्धन दलहरूका तर्फबाट बिडारीले उम्मेदवारी दिने चर्चा सुरू गरेका हुन् । संघीय सरकारले आउँदो मंसिर महिनामा प्रदेश र संघीय चुनाव गर्ने तयारी गरिरहेको समयमा मकवानपुरमा पाँच दलीय गठबन्धनका तर्फबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा चलेको हो । 

संघ र प्रदेशका सांसदको म्याद मंसिरमा सकिँदै छ । आउँदो चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहेमा आफ्नो उम्मेदवारी हुने उनले बताए । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनले गठबन्धनका तर्फबाट आफूले चुनावका लागि टिकट प्राप्त गर्ने विश्वासमा रहेको बताइएको छ । उनी माओवादीबाट दुईपटक समानुपातिक सांसद भइसकेका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १८:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया